मुकुलले पेस गर्न नपाएको प्रस्तावमा बिहेको निर्णयदेखि माफी माग्ने विषयसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल  ढकालले पार्टीको केन्द्रीय कमिटी बैठकमा लिखित प्रस्ताव पेस गर्ने अनुमति पाएनन् । उनलाई सभापति रवि लामिछानेले प्रस्ताव पेस गर्ने अनुमति नदिएका हुन् ।



प्रस्तावमा ढकालले लामिछानेसँग माफी माग्ने विषयदेखि आफ्नो बिहेको विषयसमेत उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा भन्छ नि ठीक छ । तर निर्णय गरिदेओस् ।’

उनले आफ्नो बिहे जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि गरिदिनुहोस् भनेका छन् । उनले देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको उल्लेख गर्दै भनेका छन्, ‘गल्फ्रेन्डको कुरा गरेर मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो ।’

तपाईको प्रतिक्रिया