राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को केन्द्रीय कमिटी बैठकमा महामन्त्री मुकुल ढकालले आफूले तयार पारेको प्रस्ताव पेस गर्ने अनुमति पाएनन् । उनलाई सभापति रवि लामिछानेले प्रस्ताव पेस गर्ने अनुमति नै नदिएका हुन् । ढकालले आफूले देश दौडाहा गरी तयार पारेको प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्ताव पेस गर्न नपाएको बताएका छन् ।

तर, ढकाललाई मंगलबार बसेको सचिवालय बैठकले भने ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो । यसरी प्रस्ताव पेस गर्न नपाएपछि ढकालले मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएका छन् ।


प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख छ ।

नेपाल कर्म । १९ असार २०८१, बुधबार १२:४१