नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मार्ग प्रशस्त्र गर्न आग्रह गरेको छ । बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको हो । यसअघि नेकपा एमालेले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन आह्वान गरेको थियो ।

बैठकले कांग्रेस र एमालेबीच १७ असार राति भएको समझादारीलाई अनुमोदन पनि गरेको छ । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले एमालेसँगको समझादारी अनुमोदन गरिएको बताए ।


उनले समझदारीअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । उनले स्थायित्व दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएको बताए ।

नेपाल कर्म । १९ असार २०८१, बुधबार १२:०९