काठमाडौंको सोह्रखुट्टे चोकबाट बालाजुतर्फ जाने मुख्य सडक भासिएर पानी निस्किरहेको छ ।

बिहान करिब साढे ६ बजेतिर सडक भासिँदा दुईजना सवार बाइक पसेको थियो । सवार यात्रु र चालक तत्कालै निकालिएको भए पनि बाईक भने केही घण्टा पछि निकालिएको थियो ।


अहिले यस स्थानमा सडक विभागले बार लगाएर छेउबाट सवारी आवागमन सुचारु गरिरहेको छ । भासिएको ठाउँबाट पानी र बालुवा निस्किरहेको छ ।

नेपाल कर्म । १९ असार २०८१, बुधबार ११:४९