रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरोकपको क्वार्टरफाइनलमा

नेदरल्यान्ड्स युरोकप–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।



एलियान्ज एरिनामा भएको खेलमा रोमानियालाई ३–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको २०औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ८३औँ मिनेटमा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि इन्ज्युर समयको तेस्रो मिनेटमा मालेनले व्यक्तिगत दोस्रो गोल गरेपछि नेदरल्यान्ड्स रोमानियामाथि ३(० को जित निकाल्न सफल भयो । नेदरल्यान्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीको सामना गर्नेछ ।

टर्कीले अस्ट्रियालाई २१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

तपाईको प्रतिक्रिया