कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार न्यूनीकरण गर्ने प्रतिवद्धता

सुर्खेत । कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार न्यूनिकरण गर्न सरोकारवाहरुले प्रतिवद्धता जाहेर गरेका छन् ।



सोमबारदेखि सञ्चारिका समुह कर्णाली प्रदेशको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आयोजित कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तर्रक्रिया कार्यक्रमका सहभागीहरुले कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारका घटनालाई निरुत्साहित गर्न सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका हुन् ।

सुर्खेत उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गणेश कार्कीले कार्यस्थलमा विभिन्न खाले शारिरिक र मानसिक दुव्र्यवहारका घटना हुने भन्दै यसको न्यूनिकरणका लागि साझ धारणा आवश्यक रहेको बताए । विशेष गरी कार्यस्थलमा महिलाहरु बढी  मादुर्व्यवहारमा पर्ने गरेको उल्लेख गर्दै पुरुषहरु पनि यसको प्रत्यक्ष वा अप्रत्यक्ष मारमा परेको उनले बताए । कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार विरुद्ध कार्यस्थलमा खटिनेहरुले नै विरोध गर्नुपर्ने उनले बताए ।

यस्तै, संयूक्त यातायात व्यवसायीका सचिव रमेश खड्काले यातायात क्षेत्रमा जनचेतनाको कमिका कारण यात्रुमाथि हिंसा र यौन दुव्र्यवहार हुने गरेको उल्लेख गर्दै आगामी दिनमा कार्यस्थल सुरक्षित बनाउन सचेतनाको पाटोलाई बलियो बनाएर लैजाने प्रतिवद्धता जनाए । सरकारले नीति निर्माण तथा कानून बनाउने कुरामा भुमिका खेल्नुपर्ने साथै यस्ता खालका हिंसा र दुव्र्यवहार विरुद्धका अभियानहरुलाई सार्थक बनाइनु पर्ने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव ईश्वर अधिकारीले जोड दिए ।

दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा प्रशिक्षकका रुपमा अधिकारकर्मी  टीका विष्टले कार्यस्थलमा हुने हिंसा र  बाटदुर्व्यवहारबाट कसरी आँफुलाई सुरक्षित राख्ने तथा कानुनी उपचार के हुन सक्छ ? भन्ने विषयमा सहजीकरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया