प्रचण्ड र ओलीद्वारा कांग्रेस मुख्यालयमा फोटो प्रदर्शनीको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।



मंगलबार कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको स्व। कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा दाहाल र ओली पुगेका हुन् ।

पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शनी गरेको थियो । कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू कांग्रेस पार्टी कार्यालय पुगेका थिए ।

शान्ति प्रक्रियाका शिखर पुरुष कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा आयोजित क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनीमा राखिएका तस्वीरहरू प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले अवलोकन गरेका थिए ।

२०६२/६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका कोइरालाको ७ चैत २०६६ मा निधन भएको थियो ।

कोइरालाको स्मरण गर्दै कांग्रेसले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग स्व। नेता कोइरालाको योगदानबारे चर्चा गरेको थियो ।

तपाईको प्रतिक्रिया