भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न सकेनन् : गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।



मंगलबार पार्टीको पदाधिकारी बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए ।

उनले भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।

उनले भने, ‘अब यो रातारात जे भएको छ, भन्नैपर्ने केही छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको रु त्यति पनि बुझ्न सक्दैन त ।’

उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो भन्दै प्रश्न गरे ।

तपाईको प्रतिक्रिया