धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा तत्कालका लागि रोक लगाएको छ । सरकारले बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गरेपछि दायर रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले २१ असार २१ का लागि दुवै पक्षसँग छलफलका लागि बोलाएको छ ।



अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले सोमबार मात्रै बोर्ड अध्यक्ष छनोटका लागि सिफारिस समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया