सुर्खेत । प्रहरीले लागुऔषध (ब्राउनसुगर) सहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सल्लाघारी बस्ने ३२ बर्षीय अर्जुन विक रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बीरेन्द्रविर विश्वकर्माका अनुुसार लागुऔषध नियन्त्रण ब्युरो टोलीले विकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।


सोमबार वीरेन्द्रनगर नगरपालिका–११ सल्लाघारीमा लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटीएको प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा एक सय ६० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामत गरेको हो ।

नेपाल कर्म । १८ असार २०८१, मंगलवार १५:४१