कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनाउने एमालेसँग सहमति गरेपछि विपक्षी दलहरूको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आज साँझका लागि बैठक बोलाएका हुन् ।



कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाएको छ । यसअघि कांग्रेसले संसदका सबै विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरेको थियो । अब आफू सरकारमा जान लागेपछि पनि ती दलहरूलाई बैठकमा बोलाएको हो ।

तपाईको प्रतिक्रिया