प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका छन् ।

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् ।


राष्ट्रपति पौडेललाई भेट्नुअघि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले एमालेले समर्थन फिर्ता लिए पनि राजीनामा नदिने र संसदबाट विश्वासको मत लिने निर्णय गरेको थियो । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले आफूले राजीनामा नदिने र विश्वासको मत लिने विषयमा पनि जानकारी गराएको स्रोतको भनाइ छ ।
यसअघि मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा गर्न आग्रह गरेका थिए ।

नेपाल कर्म । १८ असार २०८१, मंगलवार १३:२८