नेपाल समाजवादी समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने बताएका हुन् । चर्चित भनाइ उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्दै भट्टराईले भनेका छन्, ‘केहीलाई सधैँभरि ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरी ठग्न सकिन्न ।’


कांग्रेस र एमालेबीच सोमबार मध्यराति नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि प्रधानमन्त्री प्रचण्डको कुर्सी हल्लिएको छ । र, एमालेले समर्थन फिर्ता लिनासाथ प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नेछन् ।

नेपाल कर्म । १८ असार २०८१, मंगलवार १२:२५