
अर्थ मन्त्रालयले दीर्घ रोगीहरूका लागि औषधि उपचार खर्चबापत ३५ करोडभन्दा बढी रकम निकासा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि ३५ करोड २६ लाख १९ हजार रुपैयाँ निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।


उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार रुपैयाँ पाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए ।
चालु आर्थिक वर्ष २०८०(८१ को बजेटबाट उक्त रकम निकासा गरिएको र स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुने मन्त्रालयले जनाएको छ ।
नेपाल कर्म । १७ असार २०८१, सोमबार १६:५८