ज्यान मारेको कसुरमा फरार एक जना प्रतिवादी पक्राउ

सुर्खेत । प्रहरीले ज्यान मारेको कसुरमा एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बराहताल गाँउपालिका वडा नं ८ बस्ने ६० बर्षीय चन्द्र बहादुर दमाईलाई जिल्ला प्रहरी कार्यालाय सुर्खेतको हिरासतमा उपस्थिति गराएको हो ।



जिल्ला अदालतको लागत नम्बर ७८–८०–०००९७ को हेलचक्राइ गरी ज्यान मारेको कसुरका प्रतिवादीलाई ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवान तोकीएको छ । फैसला लगत्तै फरार रहेका दमाईलाई खोजतलासको क्रममा ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिगएको प्रहरी टोलीले निजकै घर वतनमा फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया