अस्पतालहरूको सुधार गर्नु नै मेरो मुख्य लक्ष्य होः स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरूको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालयले रातदिन काम गरिरहेको बताए ।



उनले राजनीति अस्थिर रहेकाले सबै ठूलो काम गर्छु भनेर प्रतिबद्धता जनाउन नसकिने बताए । उनले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको बताए । उनले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको बताए । उनले स्वस्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भए पनि काम गराउने प्रतिबद्धता जनाए ।

उनले मन्त्रालय मातहतमा रहेका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमसहित अघि बढेको बताए । उनले बीमामा धेरै महाभारत चलिरहेको बताए । उनले स्वास्थ्य बीमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बीमालाई स्वायत्त गरिदिएको बताए ।

आफू अग्रसर भएर बीमा बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बीमामा भएका बेथितिको सुधार गर्ने बताए । सबै नागरिकलाई बीमामा समेट्न आफूहरू लाग्ने उनले बताए ।

तपाईको प्रतिक्रिया