भ्रष्टाचार नियन्त्रणमा इमानदार भएर लागेको छु : गृहमन्त्री लामिछानेले

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि इमानदार भएर लागेको बताएका छन् ।



सोमबार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै उनले भ्रष्टाचारविरुद्धको कारबाही गृह मन्त्रालयको मात्र नभएर सिंगो सरकारको भएको बताएका हुन् ।

आफ्नो र अर्काको नभनेर सबै तयार भए भ्रष्टाचार नियन्त्रण गर्न सम्भव हुने उनको भनाइ छ । भ्रष्टाचारीमाथि निर्मम भएर कारबाही गर्ने आँट आफूमा भएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया