बलात्कार घटनाका अपराधीलाई कारबाही गर्न सांसद विकको माग

प्रतिनिधिसभा सदस्य शान्ति विकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।



सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरेकी हुन् । उनले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरू सुरक्षित हुन नसकेको भन्दै कडा कानुनी व्यवस्था गर्नुपर्ने बताइन् । ।

सांसद विकले पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घटना नदोहोरिन दिन सरकारले कडा कदम चाल्नुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया