प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो । संसद बैठकको सुरुमै कांग्रेस सांसद रामकृष्ण यादवले मन्त्रीहरू उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।


त्यसलगत्तै सभामुख घिमिरेले ध्यानाकर्षण भएको भन्दै १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

नेपाल कर्म । १७ असार २०८१, सोमबार ११:५४