जाजरकोटमा पहिरोले घर भत्किदा ६ वर्षीय छाेराको मृत्यु भएकाे छ, भने उनकाे बुबा घाइते भएको छ । जाजरकोटको भेरी नगरपालिका–५ इब्राका ६ वर्षीय प्रिन्स विकको उक्त घटनामा परी मृत्यु भएको हो ।
प्रहरीका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


नेपाल कर्म । १७ असार २०८१, सोमबार १०:२५