देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सोमबार दिउँसो आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले पदाधिकारी बैठक बोलाएका हुन् ।



पदावधि सकिएका भ्रातृ संस्था, केन्द्रीय विभाग, केन्द्रीय कार्यसमिति बैठकलगायत विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबारदेखि पदावधि सकिएका भ्रातृ संस्थाबारे के गर्ने भन्ने विषयमा सिनियर नेताहरूबीच छलफल हुने बताए । उनले यही असारको अन्तिममा केन्द्रीय कार्यसमिति बैठक बस्न सक्ने भन्दै त्यसको मिति र तयारीबारे पनि छलफल हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया