८८ पोका सुपर पावर सुर्तिसहित एकजना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले भन्सार छलिको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३५ बर्षीय ललित खत्री रहेका छन् ।



जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एंवम् प्रहरी नायव उपरीक्षक बीरेन्द्रविर विश्वकर्माका अनुुसार शनिबार उनलाई वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट नियन्त्रणमा लिएको हो ।

खत्रीले चलाएको साईकलमा सेतो पलाष्टिकको झोलाभित्र लुकाई छिपाई राखेको ८८ पोका सुपर पावर सुर्ति र २ सय ६५ पिस कमला पसन्द (गुट्खा) सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

पक्राउ परेका खत्रीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया