आज संसद् दिवस मनाइँदै

काठमाडौं । आज संसद् दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ ।  नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।



यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताउनुभयो । यस्तै उहाँले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने बताउनुएको छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि संसद् दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया