देउवासँग छलफल गरेको भोलिपल्ट प्रचण्डलाई भेट्दै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ । यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेका ओलीले त्यसको भोलिपल्ट प्रचण्डसँग भेट्न लागेका हुन् ।



भेटअघि ओली र प्रचण्डबीच टेलीफोन संवाद भएको थियो । त्यसलगत्तै दुई नेताबीच भेट हुन लागेको हो । अहिले केहीबेरमा यी दुई नेताबीच भेटवार्ता हुने तयारी छ ।

यसअघि ओलीले कांग्रेस सभापति देउवासँग आफ्नै निवासमा शनिबार करिब २ घण्टा कुराकानी गरेका थिए । कांग्रेस र एमाले मिलेर सरकार चलाउनुपर्छ भनेर कांग्रेसक केही नेताहरूले लबिङ गरिरहेको अवस्थामा ओली र देउवाबीच भएको भेटलाई महत्त्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया