सुर्खेत । कर्णालीमा दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिता आयाेजनाकाे लागि तयारी तिब्र भईरहँदा विभिन्न खेलकुद समितिहरूलाई पनि सक्रिय बनाउन लागिएको छ । प्रदेश र जिल्लाका विभिन्न खेलकुद विद्याका समितिहरूलाई चलायमान अपूर्ण रहेकालाई पूर्णता दिईन लागिएको हाे ।

शनिबार मात्रै कर्णाली प्रथम एथलेटिक्स संघ गठन गरिएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्नेेका नाराका साथ एथलेटिक्स कर्णालीकाे अध्यक्षमा हर्ष विक्रम खड्कालाई चयन गरिएको हाे ।
एथलेटिक्सका केन्द्रीय उपाध्यक्ष जनक रावलले नव निर्वाचित पदाधिकारीकाे नाम घाेषणा गरेका हुन् ।
संघकाे उपाध्यक्षद्वयमा महिलातर्फ भीमकुमारी भुषाल (सुर्खेत) र पुरषतर्फ हर्षबहादुर शाही (कालिकोट), सचिवमा ताेरण कठायत (जुम्ला) र काेषाध्यक्षमा भरत खड्का (दैलेख) रहेका छन् ।

सदस्यहरूमा प्रेम सुनार (जाजरकोट), मानबहादुर शाही (हुम्ला), बीरबहादुर भडेल (सल्यान), रमेशकुमार मल्ल (मुगु), निशा किरण राना (सुर्खेत) रहेका छन् ।
एथलेटिक्स संघकाे नयाँ निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमाेद हमालले एथलेटिक्स खेलाडी उत्पादन गर्ने थलाे भएकाे जिम्मेवारी लिएकाले गम्भीर बन्न जरुरी रहेकाे बताए ।
संघका नाममा गरिने राजनीतिले नयाँ उत्साह र जाेश लिएर आएका खेलाडीहरूमा निराशा छाउने परिस्थिति आउनु देखद् भएको हमालले उल्लेख गरे ।
खेलकुद समितिका नाममा अनेकौं राजनीति भएकाले खेल क्षेत्रमा याेगदान नगर्ने त्यस्ता संघलाई खारेजी गरिदिने चेतावनी उनकाे छ ।
‘राजनीतिमा लागे पनि कम्तिमा खेलका विषयमा बुझेकाे र खेलाडीलाई हाैसला दिने व्यक्तिलाई खेलकुदसंग सम्बन्धित विभिन्न संघमा लागेर नेतृत्व लिई जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु,’ हमालले भने ।
कर्णालीका आठ जिल्ला एथलेटिक्स समिति गठन गरिसकिएको छ ।
२०३८ सालदेखि सुरु भएकाे बृहत राष्ट्रिय खेलकुदकाे अवधारणामा प्रत्येक दुई वर्षमा पूर्वाधार विकाश गर्दै विभिन्न जिल्लालाई आयोजनाकाे जिम्मा दिने भनिएकाे थियो।

कमजाेर पूर्वाधार र राजनीतिक उथलपुथलका कारण कर्णालीले कहिल्यै अवसर पाएकाे थिएन। काठमाडौं, नेपालगञ्ज र पाेखरा जस्ता शहरले दाेहर्याएर प्रतियोगिता आयोजना गर्दा पनि कर्णालीकाे पालाे आएकाे थिएन।
तर कर्णाली प्रदेशकाे सूर्खेतमा २०३१ सालमा तत्कालीन राजा वीरेन्द्र शाहकाे राजगद्धी आराेहण महाेत्सवकाे बेला सबैभन्दा ठूलाे प्रतियाेगिताकाे रुपमा पहिलाे पल्ट दाेस्रो राष्ट्रिय भलिबल प्रतियोगिताकाे आयोजना भएकाे थियो।
यद्यपि पाेखरामा सम्पन्न नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिताले दशौं संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्न जिम्मेवारी सुम्पेकाे थियाे। त्यसका लागि वीरेन्द्रनगरमा प्रदेश गाैरवकाे रंगशाला निर्माणकाे काम झण्डै ८५ प्रतिशत सकिएकाे छ ।
अहिलेसम्म रंगशालाको १० हजार दर्शक अट्ने क्षमता भएको रंगशाला थ्रीडी एनिमेसन र दर्शक प्यारापिटमा ६ हजार कुर्सी जडान भएको छ ।
भीआईपीतर्फको प्यारापिटमा सिभिल निर्माणको काम सम्पन्न भएको छ । पौडी पोखरी, व्यावसायिक सटर, गेट निर्माण, रुख रोप्ने र हरियाली बनाउने काम अन्तिम चरणमा छ ।
प्यारापिटतिर फिनिसिङ र छाना निर्माणको काम तीब्र गतिमा भइरहेको छ । यस्तै, एथलेटिक्स, ट्रयाक/ बाटोको कालोपत्रे अन्तिम चरणमा छ ।
हालसम्म रंगशाला निर्माणमा १ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ । कुल बजेटको ७६.५४ प्रतिशत बजेट खर्च भएको प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमाेद हमालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा रंगशालामा प्रदेश सरकारले ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
२०८१ जेठ ११ गते सक्ने उद्देश्यले निर्माण कार्यको जिम्मा लिएको एमएसी/जिएसएल जेभीले कोरोना र भूकम्पका कारण काम प्रभावित भएको भन्दै ढिला भएको दाबी गरेको छ ।

नेपाल कर्म । १५ असार २०८१, शनिबार १९:४१