रूकुम पश्चिम । कुटपिट र लुटपाट मुद्दामा अदालतले फैसला ताेकिएकाे तर फरार रहेका एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका-६ होली बस्ने ६८ वर्षीय रङ्गे खत्रीलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।
रुकुम पश्चिम जिल्ला अदालतले ०७० फागुन १२ गते गरेकाे फैसलामा खत्रीलाइ जरिवाता ताेकेकाे थियाे । लामाे समयदेखि फरार रहेका उनलाइ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले खलङ्गा बजारबाट पक्राउ गरेकाे हाे । उनलाइ लगत कट्टाको लागी अदालतमा उपस्थित गराईएको प्रहरीकाे भनाइ छ ।


नेपाल कर्म । ३१ जेष्ठ २०८०, बुधबार १५:५२