सुर्खेत । २१ औं राष्ट्रिय धान दिवस तथा धान राेपाइ महाेत्सव सुर्खेतमा पनि मनाइएकाे छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाे आयाेजनामा सुर्खेतकाे बराहताल गाउँपालिका-५ बड्डीचाैरमा राेपाइ महाेत्सवकाे मनाइएकाे हाे ।
धान रोपाइँमा मन्त्रालयका मन्त्री विनाेदकुमार शाह, सचिव टिकाराम थापा, बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी लगायत सहभागी थिए । जनज्याेति माध्यमिक विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएकाे क्षेत्रमा जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि नारासहित महाेत्सवकाे आयाेजना गरिएकाे हाे ।


धान दिवस कार्यक्रममा बोल्दै भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले किसानहरुलाई व्यवसायी भएर कृषि कर्ममा लागेको खण्डमा कर्णालीमा धान बालीको उत्पादन बढ्ने दाबी गरे।
उनले भने, ‘कर्णाली प्रदेशमा कुल ४१ हजार ९०४ हेक्टर जमिनबाट करिब एक लाख ४५ हजार ६३ मेक्टिटन धान उत्पादन हुँदै आएको छ। धान बालीको उत्पादन तथा उत्पादकत्व बृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडी बढेको छ। यस क्षेत्रको थप विकासका सहयोग पु¥याउँन किसानहरू व्यवसायी खेतीमा अग्रसर हुनुपर्छ।’
मन्त्री शाहले कुल गार्हस्थ उत्पादानमा धान खेतीले महत्वपूर्ण योगदान गरेको बताउँदै धान बालीको विकास गनृ नितान्त आवश्यक रहेको र जसका लागि कृषिमा कार्यरत कर्मचाहरुलाई आम जनताले हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए।

मन्त्री शाहले नेपाल कृषि प्रदान देश भए पनि पछिल्लो ११ महिनामा मात्रै मकै, गहुँ, कोदो र धान गरेर ४३ अर्ब ८० करोड १९ लाख बराबारको खाद्यन्न आयत भएकाले आयतलाई रोक्न आम कर्णालीबासी खेतीमा अग्रसर हुनुपर्ने बताए। यस्तै, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार कर्णाली प्रदेशभर ४७ प्रतिशत धान रोपाई सकिएको छ।





नेपाल कर्म । १५ असार २०८१, शनिबार १७:२४