धुलियबिटबाट लागूऔषध सहित एकजना पक्राउ

सुर्खेत । लागुऔषध (ब्राउनसुगर) सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ धुलियबिट बस्ने २० बर्षीय विवेक विश्वकार्मा रहेका छन ।



कार्यालयका निमित्त प्रवक्ता एवम् सुचना अधिकारी कृष्ण बहादुर खड्काका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र यस कार्यालय बाट खटीएकोे संयुक्त प्रहरी टोलीले विश्वकार्मालाई पक्राउ गरी थप अनुुसन्धान थालिएको छ ।

विहिबार धुलियबिटमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटीएको संयुक्त टोलीले उनलाई शंकास्पद अवस्थामा फेलापारी शरीर खानतलासी गर्दा शुद्ध १ सय ९० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो ।

तपाईको प्रतिक्रिया