सुर्खेत । नेपालको पश्चिम क्षेत्रभन्दा पूर्वी क्षेत्रमा छिटफुट वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पूर्वका ओखलढुंगादेखि जनकपुरसम्म वर्षात भएपछि तापक्रमसमेत घटिरहेको छ । तर नेपालका पश्चिम क्षेत्र बुटवलदेखि कञ्चनपुरसम्म तत्काल वर्षात हुने सम्भावना कम रहेकाले गर्मी बढीरहेको महाशाखाको भनाई छ ।

पछिल्लो २४ घण्टामा जनकपुरमा २२.४ मिलिमिटर वर्षाहुँदा त्यहाँको अधिकतम तापक्रम ३६.४ डिग्री मापन भएको छ । यस्तै, विराटनगरमा ३६ मिलिमिटर वर्षा र तापक्रम ३३ डिग्री रहेको छ । धनुकटामा ५.२ मिलिमिटर वर्षातहुँदा तपक्रम २७.५ डिग्री छ ।


यद्यपी नेपालको पश्चिमी क्षेत्र डडेलधुरामा मात्रै वर्षा भएको मापन भएको छ । यहाँ ४२ मिलिमिटर वर्षातहुँदा तापक्रम २८.५ डिग्री छ । बाँकी धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा लगायत क्षेत्रमा पछिल्लो २४ घण्टामा वर्षा नै नभएको महाशाखाले जानकारी दिएको छ । यी जिल्लाहरूमध्य कतिपयमा न्यूनतम तापक्रम १६.१ देखि अधिकत तापक्रम ४१.३ डिग्रीसम्म पुगेकाे छ ।

नेपाल कर्म । ३० जेष्ठ २०८०, मंगलवार १६:१८