पुस्तकालय दर्ता र व्यवस्थापनका लागि कानुन निर्माणा गर्नुपर्छः मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक ऐन कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।



काठमाडौंमा सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम बागमती प्रदेश सम्मेलन उद्घाटन गर्दै मन्त्री गिरीले एनजीओ सरह दर्ता गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको भन्दै आवश्यक ऐन कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले कानुन निर्माणका लागि आवश्यक सुझाव आए कानुन बनाउन पहल गर्ने जिकिर गरे । पुस्तकालय जानुपर्ने बाध्यता अहिलेको अवस्थामा कम भइरहेको अवस्थामा पुस्तकालयको आवश्यकता र औचित्य बढ्ने गरी यसलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

पुराना संस्कृतिका पुस्तकहरूलाई पुस्तकालयमा राखेर जानकारी प्राप्त गर्ने ठाँउ बनाउनुपर्ने र पुस्तकालयभित्रै बिभिन्न मुद्दाहरूमा बहस गर्ने वातावरण बनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया