चितवनको भरतपुरमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी हात्तिवन, ललितपुर छनोट भएको छ ।

भरतपुर महानगरपालिकाले आज एक सूचना जारी गर्दै विद्युतीय खरिद प्रक्रियामा दर्ता भएका बोलपत्रहरूको प्राविधिक तथा आर्थिक मूल्याङ्कनपछि उक्त जेभीलाई स्वीकृतिका छनोट भएको जनाएको छ । सोही विषयमा महानगरपालिकाले आशयको सूचना प्रकाशित गरेको छ ।


सम्झौता भएपछि २६ महिनाभित्र यो रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । महानगरका अनुसार रंगशाला निर्माणमा मूल्य अभिवृद्धि कर र पीएसबाहेक ६८ करोड २ लाख ६४ हजार २०७ रुपैयाँ ८४ पैसा लागत लाग्नेछ ।

नेपाल कर्म । १४ असार २०८१, शुक्रबार १०:३७