कोपा अमेरिकाअन्तर्गत गए राति भएको खेलमा पानामाले अमेरिकालाई पराजित गरेको छ । अमेरिकाले सुरुवाती अग्रता लिए पनि पानामाले पुनरागमन गर्दै अमेरिकाविरुद्ध जित निकालेको हो ।

खेलको २२औँ मिनेटमा अमेरिकाले अग्रता लिएको थियो । तर, २६औँ मिनेटमा पानामाले बराबरी गोल फर्कायो । यससँगै पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएको थियो ।


दोस्रो हाफको ८३औँ मिनेटमा गोल गर्दै पानामाले अमेरिकाविरुद्ध २(१ को अग्रता लियो । त्यसपछि कुनै गोल हुन नसक्दा पानामा विजयी भएको हो ।

नेपाल कर्म । १४ असार २०८१, शुक्रबार १०:२७