मुकेश अम्बानीका छोराको बिहे कार्डमा चाँदीको मन्दिर

भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टबीच हुने बिहेको निमन्त्रण कार्डको चर्चा देश विदेशमा भइरहेको छ । यो बिहेको निमन्त्रणा कार्ड विशेष छ, त्यसैले यसको चर्चा भइरहेको छ ।



निमन्त्रणा कार्ड चाँदीको बक्समा राखिएको छ भने कार्डमा चाँदीले मन्दिर बनाइएको छ । यति मात्र होइन, कार्डमा बनाइएका मूर्तिहरू सुनका हुन् । कार्डको बक्स खोल्दा हिन्दीमा भवन बज्न सुरु हुन्छ भने बिहेका अलगअलग कार्यक्रमबारे जानकारी पनि छ । यो कार्डमा सुन र चाँदी भएकाले यसको मूल्य पनि निकै हुने अनुमान छ । यो कार्डको मूल्य सार्वजनिक नगरिए पनि लाखौँमा हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया