निर्मल पुर्जालाई कारबाही नगरियोस्ः माओवादी सांसद आलेमगर

राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन् ।



बिहीबारको राष्ट्रियसभा बैठकमा उनले आरोही पुर्जामगरले विश्वरेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखे ।

उनले निर्मल पुर्जालाई कारबाही गर्ने कुराको आफूले घोर भत्र्सना गर्ने बताए । उनले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गरे । उनले कुनै नियम कानुनको उल्लंघन गरेको भए सामान्य कारबाही हुनुपर्ने बताए ।

उनले निर्मल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताए ।

तपाईको प्रतिक्रिया