कर्णाली प्रदेश सरकारको प्रवक्तामा विनोद शाह

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी विनोदकुमार शाहलाई तोकिएको छ। बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।



मन्त्रिपरिषद्को बैठकलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव पेसमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव तोक्ने निर्णय समेत गरेको छ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्ताब पेसमा खोटो संकलन कार्यविधि, २०८१ स्वीकृति गर्ने निर्णय भएको छ।

पर्यटन मन्त्रालयकै प्रस्ताबमा प्रदेश व्यापार व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली, २०८० को दोस्रो संशोधन नियमावली, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया