सुर्खेत । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला बिराटनगर महानगरपालिका–४ बस्ने ५० बर्षीय केशव प्रसाद खनाललाई खोजतलासका क्रममा बुधबार प्रहरीले पक्राउ गरेर कारवाहीका लागी सुर्खेत जिल्ला अदालतमा पठाएको हो ।

जिल्ला अदालत सुर्खेतले मिति २०७९ बैशाख ११ गतेको फैसला पश्चात लागत नं ४०१० को बैकिङ कसुर मुद्दामा दुई बर्ष कैद तोकीएको छ ।
फैसला लगत्तै फरार रहेका खनाललाई खोजतलास गर्ने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लाजीम्पाट काठमाण्डौले पक्राउ गरेको थियो ।


नेपाल कर्म । १३ असार २०८१, बिहीबार १४:२८