कृषिमन्त्री शाहद्धारा सल्यानका किसानले उत्पादन गरेको तरकारीको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सल्यानमा कृषि क्षेत्रको अनुगमन गरेका छन्।



असार १० र ११ गते सल्यान जिल्लाका विभिन्न पालिकामाहरुमा किसानहरुले उत्पादन गरेका तरकारीहरुको अनुगमन गरेका हुन्। मन्त्री शाहले सल्यानको त्रिवेणी गाउँपालिका ५ सल्लेखोलामा उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको तरकारी तथा खसी संकलन केन्द्र, त्रिवेणी गाउँपालिका ५ मा रहेको टुनिबोट कृषि उपज संकलन केन्द्रको अवलोकन गरेका छन्।

त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा रहेको गरुड एग्रीकल्चर र्फम प्रा.लिको मन्त्री शाहले अनुगमन समेत गरेका छन्। गरुड एर्गीकल्चरको अनुगमन गर्दै मन्त्री शाहले गरुड एग्रीकल्चरले विशेष त स्वदेशी तथा विदेशी बाख्रा पालन गरेकाले सल्यानको कृषिसँगै आर्थिक क्षेत्रमा सहयोग पुर्याएको बताए।

साथै मन्त्री शाहले गरुड र्फमलाई बाख्रा पालन स्रोत केन्द्रका रुपमा विकास गर्नका लागि प्रदेश सरकारले आवश्यक पहल थाल्ने दाबी गरे। यस्तै, मन्त्री शाहले मंगलबार बिहान कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको कृषि उपज बजार केन्द्र कपुरकोटको अनुगमन समेत गरेका थिए।

कृषिमन्त्री शाहले सोमबार पशु अस्पताल तथा पशु सेवा कार्यालय, कृषि विकास कार्यालयको अनुगमनसँगै जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित कर्मचारहीहरुसँग परिचात्मक कार्यक्रम गरेका छन्।

तपाईको प्रतिक्रिया