नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अघिल्लो वर्ष विपद्मा परेका नागरिकको राहत र स्थानान्तरणको फाइल गृह मन्त्रालयमा अड्किएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गृहमन्त्री रवि लामिछानेले धेरै फाइल खोल्ने भनेकाले विपद्मा परेका नागरिकको फाइल खोल्न पनि आग्रह गरेका हुन् । ‘विपद्का फाइल गृह मन्त्रालयमा थन्किएका छन् । त्यस्ता फाइलतिर पनि गृहमन्त्रीको ध्यान जाओस्,’ उनले भने ।


बाढीपहिरोले देशभर क्षति भएको, खानेपानी र विद्युत्को लाइन ध्वस्त भएको र बाटोघाटो बिग्रिएकाले त्यसको असर अन्य क्षेत्रमा पर्ने भन्दै सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कर्म । १३ असार २०८१, बिहीबार १२:०१