रत्न राजमार्गबाट लागूऔषध सहित ३ जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर–३ स्थित रत्न राजमार्ग सडकबाट लागु (औषध ब्राउनसुगर) जस्तो धुलो पदार्थ सहित ३ जना पक्राउ परेका छन् ।




पक्राउ पर्नेहरुमा दैलेख गुँरास गाँउपालिका–३ बस्ने २७ बर्षीय कपिल शाही, विरेन्द्रनगर नगरपालिका–८ बस्ने २० बर्षीय मनिष सुनार र सोही ठाउँ बस्ने १९ बर्षीय विपिन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका निमित्त प्रवक्ता एवम् सुचना अधिकारी कृष्ण बहादुर खड्काका अनुसार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई राजमार्गको सडकबाट पक्राउ गरी थप अनुुसन्धान थालिएको छ ।

मंगलवार रत्न राजमार्ग सडकमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखाबाट खटीएको टोलीले उनीहरुको शरीर चेकजाच गर्ने क्रममा कपिल शाहीको साथबाट शुद्ध १ ग्राम ३४० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो ।

तपाईको प्रतिक्रिया