मन्त्रीहरूले सिंहदरबारबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छः श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् ।



 

बुधबार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले मन्त्रीहरूले मन्त्रालयमा बसेर निर्देशन दिने भन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीलाई उत्साह जगाउन आवश्यक रहेको बताएका हुन् ।

मन्त्री अर्यालले एक घण्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवाग्राहीलाई कसरी सेवा दिइरहेको छ भन्नेबारे अनुगमन गर्न कार्यस्थलमा गएको बताए । उनले एक घण्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिका लागि आउनेहरू कम देखिएको बताए ।

मन्त्री अर्यालले श्रम विभागबाट हुने सेवामा सुधार भएसँगै सेवाग्राही विभागमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

तपाईको प्रतिक्रिया