लमजुङमा पहिरो पुरिएर बेपत्ता भएका चारै जना मृत फेला परेका छन् ।

क्व्होलासोथार गाउँपालिका–३, बगुममा पहिरोले तीनवटा घर पुरिँदा चार जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए ।


उनका अनुसार प्रहरी र स्थानीयले भग्नावशेषबाट चारै जनाको शव निकालेका हुन् ।

नेपाल कर्म । १२ असार २०८१, बुधबार १३:३७