यूईएफए युरो कपअन्तर्गत गए राति भएका खेलहरू बराबरीमा सकिएका छन् । पोल्यान्डले फ्रान्सलाई १–१ गोलको बराबरीमा रोक्दा इङ्ल्यन्ड पनि स्लोभानियासँग बराबरीमा रोकियो । त्यस्तै डेनमार्क र सर्विया पनि गोलरहीत बराबरीमा रोकिए ।

स्लोभानियासँग बराबरीमा रोकिए पनि इङ्ल्यान्ड समूह सीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । त्यस्तै डेनमार्क र स्लोभानियाले पनि अन्तिम १६ मा स्थान बनाउँदा सर्बिया भने बाहिरिएको छ । फ्रान्स पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।


युरोकपमा हालसम्म डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्ड, अस्ट्रिया र इटाली अन्तिम १६ मा प्रवेश गरेका छन् ।

नेपाल कर्म । १२ असार २०८१, बुधबार ११:५१