राष्ट्रपति पौडेल र चिनियाँ उपविदेशमन्त्री सुनबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।



राष्ट्रपति पौडेललाई भेट्न चिनियाँ उपविदेशमन्त्री सुन बुधबार बिहान शीतलनिवास पुगेका हुन् । भेटमा उनीहरूबीच दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहेको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताएका थिए ।

उनले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताएका थिए ।

तपाईको प्रतिक्रिया