चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहीत चिनियाँ चन्द्रयान चांग ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमुना लिएर पृथ्वीमा फर्किएको हो ।

उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ । चन्द्रमाबाट ल्याइएको नमुना ग्रह निर्माणका बारेमा महत्त्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुन सक्ने वैज्ञानिकहरूले जनाएका छन् ।


चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ । चिनियाँ यानले ल्याएको नमुनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ ।

नेपाल कर्म । १२ असार २०८१, बुधबार ११:३५