नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान बालुवाटार बोलाएर बधाई दिएका छन् । त्यसक्रममा प्रचण्डले परियारलाई गितार उपहार दिएका छन् ।



प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया