अन्तरराष्ट्रिय तेक्वान्दोमा नेपालले जित्यो ७ पदक

काठमाडौँ । नेपालले सातौँ एशिया कप खुला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काँस्यसहित ७ पदक जितेको छ।



भारतको गोवामा सम्पन्न प्रतियोगितामा ७ खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेको हो।

पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजङ्ग खड्काले स्वर्ण जितेका हुन्।

पुरुष जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे।

जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यू–१२ एकल पुम्सेमा आभास देवले कास्य प्राप्त गरे। नेपाली टोलीको प्रशिक्षकमा दीपेश जोशी र टोली व्यवस्थापकमा सरिता थापा रहेका छन्।

तपाईको प्रतिक्रिया