नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक ५ दशमलव ६० अंकले बढेर २ हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।



मंगलबार ३ सय १९ कम्पनीको ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता शेयर ६० हजार ८ सय ५८ पटक खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३ रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ समूह शून्य दशमलव ४६, वित्त समूह २ दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव १८ र अन्य समूहका शेयर शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक समूह शून्य दशमलव ३२, होटल तथा पर्यटन १ दशमलव १२, जलविद्युत् १ दशमलव १८, लगानी १ दशमलव ७०, जीवन बीमा शून्य दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ३४ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै १४ करोड ८३ लाख ८ हजार १६ रुपैयाँबराबरको दुई लाख २४ हजार ९ सय ९२ कित्ता शेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया