नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने देउवाले बताए ।


सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने उनको भनाइ छ । उनले आदिवासी जनजातिहरू एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरू पनि संरक्षण गर्न सकिने बताए ।

नेपाल कर्म । ११ असार २०८१, मंगलवार १६:३९