सुर्खेत । जुम्ला प्रहरी कार्यालयले कुटपिट गरि फरार रहेका ५ जना प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका –४ बस्ने ४८ बर्षीय दिपक खत्री, सोही ठाउँ बस्ने ४१ बर्षीय मुन बहादुर खत्री, ३७ बर्षीय महेश खत्री, ४५ बर्षीय धर्मराज खत्री, ४५ बर्षीय पदम बहादुर खत्री रहेका छन् ।

प्रहरीका अनुसार जिल्ला अदालत जुम्लाले २०८०–४–२१ गते गरेको फैसला अनुसार फरार प्रतिबादी प्रकाउ गरिएको हो । उनीहरुलाई कुटपिट मुद्दामा प्रतिव्यक्ति नगत ५ हजार जरिवाना हुनेगरी फैसला सुनाएको थियो ।


जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई जुम्ला चन्दननाथ नगरपालिका–५ कृष्ण मन्दिरको सडक खण्डबाट पक्राउ गरेर जुम्ला अदालतमा बुझाइएको हो ।

नेपाल कर्म । ११ असार २०८१, मंगलवार १६:३४