सुर्खेत । सुर्खेत प्रहरीले ३ जना फरार प्रतिवादीलाई छुट्टाछुट्टैं ठाउँबाट पक्राउ गरेको छ । बिभिन्न मुद्दामा अदालतबाट सजाए सुनाइएका फरार ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रवक्ता एवम् सुचना अधिकारी कृष्ण बहादुर खड्काका अनुसार प्रहरीले वीरेन्द्रनगर नगरपालिका –९ बस्ने ४७ बर्षीय चक्र बहादुर केसी, वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३५ बर्षीय अमृत सिंजाली र वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईली बस्ने राजु थापालाई नियन्त्रणमा लिएको हो ।


सिंजालीलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरिएको छ । भने के.सीलाई बैंकिङ कसूर मुद्दामा १ बर्ष ६ महिना कैद र ६ हजार जरिवान तोकिएको थियो । यस्तै राजु थापा जवरजस्ती करणी मुद्दा दर्ता भए वारदात मिति देखी नै फरार रहेका थिए ।
प्रहरीले ३ जनालाई पक्राउ गरि हिरासतमा राखी अनुसन्धान सुरु गरेको सुचना अधिकारी खड्काले बताए ।

भावना राेकाया । ११ असार २०८१, मंगलवार १६:३१